अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता भदौ १७ गते।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज
अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो।
राष्ट्रपति सी आगामी
असोज अन्तिम साता
भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने
सोही क्रममा काठमाडौँ आउने
बताइएको छ ।
सी नेपाल हुँदै
भारत जाने वा
भारत भ्रमण सकेर
नेपाल आउने भन्नेबार
अझै टुंगो नलागे
पनि उनको भ्रमण
हुने बलियो संकेत
आएसँगै यसबारे तयारी अगाडि
बढाइएको गृह मन्त्रालयले
जनाएको छ । सीको भ्रमणको सुरक्षा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले प्रदान गरेको सुरक्षाभन्दा कमजोर हुन नहुने चिनियाँ पक्षको जोड रहेको सो मन्त्रालयका एक अधिकारीले बताए ।