अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, असार २९ गते
गुगल कम्पनीले भारतमा ७५ हजार करोड लगानी गर्ने छ। कम्पनीका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईले सोमबार भारतको गुगलका लागि वार्षिक कार्यक्रममा यो घोषणा गरे।

सुन्दर पिचाईले यस अवसरमा भने कि गुगल कम्पनीले भारतको डिजिटल अर्थव्यवस्था प्रबर्द्धन गर्न ७५ हजार करोड रूपैयाँ लगानी गर्ने छ।
पिचाईले भने कि कोविड १९ को युगमा अनलाइन लाइफलाइन भएको छ। केन्द्रीय संचार मन्त्री रविशंकर प्रसाद र केन्द्रीय मानव संसाधन विकास मन्त्री रमेश पोख्र्यालले पनि अनलाइन कार्यक्रमलाई सम्बोधन गरे।