अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, असार ३१ गते।
सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। बिहीबार तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो। नेपाल सुनचाँदी महासंघका अनुसार नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
महासंघका अनुसार बुधबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तोलामा ९ सयले वृद्धि भएर तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।बिहीबार चाँदी तोलाको ९८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तोलाको ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।