अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १३ गते
उकालो लागेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको थियो। पुनः थोरै थोरै बढ्न थालेको छ।
आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।