अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २८ गते।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।
निगमका अनुसार भारतीय आयल कोर्पोरेसनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो।
भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४/४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ ।