अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता ,चैत्र २० गते।
लकडाउनको समयमा डिशहोमले ग्राहकहरुलाई आफ्नो सेवामा कुनै कमी नराखी थप सेवाहरु प्रदान गरिरहेको जनाएको छ। टिभी सेवा पनि अत्यावश्यक भएकोले गुणस्तरीय र थप सेवा प्रदान गरिएको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए। यही क्रममा कोरोना महामारीबाट बच्न समाजिक जनचेतना फैलाउने लक्ष्यका साथ डिशहोम सेन्टर जनकपुरले टिकटोक भिडियो योजना सार्बजनिक गरेको छ ।
यस योजनामा सह्भागी हुन कोरोना माहमारी बचाब वा घर बसाइ डिशहोमका साथ सम्बन्धित टिकटोक भिडियो बनाउनु पर्ने छ । उक्त भिडियो क्लिप आफ्नो फेसबुक अकाउन्टमा अपलोड गरी डिशहोम जनकपुरको आधिकारीक पेजमा चेक इन का साथै पेज लाईक पनि गर्नु पर्ने छ । उत्कृष्ट १० भिडियो लाई हामी हाम्रो आधिकारीक पेजमा अपलोड गर्ने छौ साथै उत्कृष्ट १० भिडियो बनाउनेलाई उपहार दिइने कुरा डिशहोमका सेल्स अफिसर शिव निरौलाले हाम्रा समाचारदातालाई बताए ।
हाल लकडाउनको अवधी भर हामीले क्रेडीट सेवा ५ दिन बाट १० दिन , नेपाली सुपरहिट फिल्म , टेलिफिल्म र नेपाली गीत-संगीत प्रसारण हुने प्ल्स प्याकेज पनि हालका लागी निशुल्क प्रदान गरेका डिशहोमका लेखा अधिकृत रश्मी मिश्राले जानकारी दिनु भयो ।
सशर्त: उक्त भिडियो फेसबुक मा अपलोड गर्दा चेक इन Dishhome Customer Care Center JanakpurDham गर्ने साथै पेज https://www.facebook.com/DishHomeJanakpurDham/ लाईक पनि गर्नु पर्ने छ ।