सबै राष्ट्रसेवकको एक लाखसम्मको कोरोनाको बिमा निःशुल्क

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १६ गते

कोरोना विरुद्धको लडाईमा अग्रपङ्क्तिमा बसेर काम गर्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोरोनाको बिमा निःशुल्क गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो ।

त्यसैगरी, सरकारी निकाय तथा संस्थानमा कार्यरत सबै स्थायी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीको पनि निशुल्क कोरोनाको बिमा गरिएको छ ।

साथै, अस्थायी तथा करारमा रहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *