अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ८ गते।
सुनको भाउमा व्यापक वृद्धि हुँदै तोलाको साढे ९० हजार नाघेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको हो । यो मुल्य शुक्रबार कारोबार भएको मुल्यभन्दा ७ सयले बढी हो ।
कोरोना महामारीका कारण तीन महिना बन्द भएको सुनचाँदीको कारोबार अघिल्लो साता खुले देखि सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । अघिल्लो आइतबार ८९ हजार ६ सयमा कारोबार भएको सुनको भाउ एक सातामै एक हजारले वृद्धि भएको हो ।
त्यस्तै आज तेजाबी सुन तोलाको ९० हजार १ सय ६० तथा चाँदी तोलाको ९ सय ४० मा कारोबार भएको छ । शुक्रबारको भन्दा चाँदीको मूल्य १० रुपैयाँले बढी हो ।