अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २४ गते।
लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।
लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ ।


यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।
अनलाइनबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।