विरेन्द्र, शम्भू र राजु सदाको परिवारलाई मुख्यमन्त्री राउतद्धारा पाँच-पाँच लाखको चेक हस्तान्तरण

अनलाईन न्युजपाटी जनकपुरधाम समाचारदाता, साउन १ गते

मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच-पाँचलाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीद नगर पालिका  वडा न ९ का बिरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिका वडा न १२ का शम्भु सदा र आइसोलेशनमा मृत्यु भएका हंसपुर नगरपालिकाको राजु सदाको परिवार लाई मुख्यमन्त्री राउतले पाँच-पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नु हुँदै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताउनु भयो । साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागी प्रदेश सरकार हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत उहाले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *