कञ्चनपुरमा एक जनाको चट्याङ लागेरमृत्यु, अन्य तीन जना घाईते

अनलाईन न्युजपाटी,कञ्चनपुर,समाचारदाता, भदौ ११ गते

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाईते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर ११ अमरबस्तिमा चट्याङ लागेर २७ बर्षीय स्थानीय गणेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए।

सोही ठाउँका १६ बर्षीया भावना भुल , ३० बर्षीय लालबहादुर बोगटी र ३७ बर्षीया पशुपति सार्की घाईते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *