अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर ९ गते
“उधोग र रोजगार : समृधिको आधार” नाराका साथ छैठौँ उधोग दिवस २०७७ धुमधामका साथ जनकपुरधाममा सम्पन्न गरि मङ्सिर ९ गते मंगलबार मनाइएको छ ।

घरेलु तथा साना उधोग कार्यालय जनकपुरधामका उधोग अधिकृत देबेन्द्र कुमार झाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति श्री रामदेव बनरैता यादबको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
प्रमुख कर अधिकृत गजेन्द्र यादब र उधोग मन्त्रालयका निमित निर्देशक बेचन चौधरीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा बिशेष कुरा थप्दै लघु उद्धमी “श्याम पण्डितले” भोग्दै आएका समस्याको बारे चर्चा गरेका थिए। आफुहरुले उत्पादन गरेको बस्तु भारतीय बजार संग प्रतिस्पर्धा गर्न असफल रहेको गुनासो समेत पोखेका थिए।

बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका सभापति श्री रामदेव बनरैताले भारतीय बजारको प्रतिस्पर्धामा आफ्नो समान गुणस्तरीय र लघु उद्धमीहरु उचित मूल्य पाउन आफुहरुले लघु उद्धमीहरुलाई जति सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।
घरेलु तथा साना उधोग कार्यालय जनकपुरधामका उधोग अधिकृत देबेन्द्र झाले संबिधानमा उधोग र बाणिज्यको अधिकारको बारेमा प्रकाश पार्दै उधोग र बाणिज्य प्रगती बारे चर्चा गरेका थिए।
उक्त कार्यक्रममा लघु उद्धमीहरु, पत्रकार र सर्वसधारणको बाक्लो उपस्थिति थियो। कार्यक्रमको उद्धघोषण घरेलु तथा साना उधोग कार्यालयका सूचना अधिकारी नगेन्द्र प्रसाद साहले गरेका थिए।