धनुषाधाममा भारतीय ट्रक र ईन्धन बोक्ने टयाँकर एक आपसमा ठोक्किदा २ जनाको मृत्यू

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस १५ गते।

धनुषाधाम नगरपालिका ९ धारापानी मालटोलमा  सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुई जना  घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको तथा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाँकरलाई सोही भारतीय ट्रकमा ठोक्कि दुर्घटना भएको हो ।

कार्यालयका अनुसार दुर्घटनामा  ट्याङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका चालक २० वर्षीय  रगीला कुमारको मृत्यू भएको हो । 

दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर ४ का धनराज यादव र भारतीय ट्रकका सहचालक पनि दबै गम्भिर घाइते भएका छन् । घाइते मध्ये  यादवलाई उपचारका लागि विराटनगर लगिएको छ भने ,भारतीय ट्रकका सहचालकको उपचार  प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *