धनुषा जिल्लाको एक वडा सचिव घुस सहित रँगेहात पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन १६ गते।

जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव  सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।वडासचिव ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। घुससहित पक्राउ परेका ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *