महोत्तरीमा आज बिहान एक जना व्यक्तिमाथि गोली प्रहार

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदादाता,फागुन १८ गते।

महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का  स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको हो। गोली लागेर यादव  घाइते भएका छन् ।महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली  यादवको छातीमुनि लागेको छ । घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट चाइनिज पेस्तोलको दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको छ । तर गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुलेको छैन ।‘घटना कसले र किन गरायो भन्ने खुलेको छैन,’ डीएसपी बुढाथोकीले अनलाईन न्युजपाटीलाई भने, ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *