अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन २० गते।
प्रदेश २ को आठौं जिल्लामा होली पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ । १५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ । फागुन २५ गते यहाँ पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइने भएकोले २ दिन विदा दिने निर्णय गरिएको बताइएको छ ।प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।