ओबिसि पर्सा अध्यक्ष साहको मुख्यमन्त्री संग प्रश्न किन अहिले सम्म पिसि आर मशिन संचालनमा आएन

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता, बैशाख १० गते।

विश्वब्यापी रुपले महामारीको  फैलिरहेको (कोभेड-१९ )नोबोल कोराना भाईरसको चेक जाँचको लागि प्रदेश २ सरकारले पिसिआर मेसिन नारायणी अस्पतालमा राखेपनि अहिले सम्म सेवा  सुचारु हुन सकेको छैन ।

अखिल ने्पाल पिछडा बर्ग (OBC)पर्साका अध्यक्ष युवा नेता साहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पतालमा पिसिआर मेसिन चैत ३० गते आईतबार देखि चेकजाच  हुन्छ भने पनि आज सम्म संचालनमा किन आउनसकेन  प्रशन गरेका छन् ।

 अखिल नेपाल पिछडा बर्ग ( OBC) पर्साका अध्यक्ष अकलेश  साहले पिसि आर मेसिन सुचारु नभएको कारणले प्रदेश २ मा रहेका जनताहरु कोरोना परिक्षण  हुन नसेको कुरा एकदम निन्दनीय रहेको बताउनु भयो ।

साहले अती विपिन्न परिवार र  दैनिक ज्यालादारी मजदुरी गरि खाने परिवारको लागि खाना र औषधी उपलब्ध गराउनको लागि प्रदेश सराकार र स्थानिय सरकार समन्वय गरि राहत बितरण गर्न  आग्रह समेत गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *