अनलाईन न्युजपाटी कृष्णा यादव,बीरगंज,समाचारदाता, बैशाख २१ गते
विश्वब्यापी रुपले फैलिरहेएको नोबेल कोरोना भाईरस संग जनतालाई सुरक्षित राख्नुको लागि उत्पन्न विषम परिस्थिति सँग जुध्दै जनताको जिउधनको सुरक्षा तथा अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय रहेको छ ।लकडाउनको समयमा सिमानाका सिल भएपनि भारत वाट अति आवशयक खाघान्न , गयास बुलेट, लगाएतका समानहरु आयात गरने पाएपछि तस्कर समुहले लकडाउनको फाईदा उठाएर तस्करहरुले तस्करी गर्नको लागे पछि पर्सा प्रहरीका उपरीक्षक पनतको सक्रियतामा तस्कर समुहरुलाइय नियन्त्रण लिए पछि केहि गल्त प्रबिधिका समुहरुले पर्सा प्रहरीलाई बदनाम गरन लागिपरेका छन्।
सिमा नाकामा हुने अपराधी गतिबिधी देखी तस्करीको आर्थिक अपराधलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि तस्कर र अपराधसँग जोडिएका व्यक्तिहरुलाई छटपटि सुरु भएपछि बिभिन्न अपराधीहरुको समुहले मेडियाबाजी गरी प्रहरीलाई बदनाम गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हाल्दै विगत २ महिना अगाडी आउनु भएकी पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तको कार्यक्षमताले राजनीतिक दलका नेता र नागरिक समाजले चौतर्फी प्रशंसा पाई रहेको बेला अहिले रजनीगन्धाका कारोवारी, हुण्डी कारोवारी र छोकडा तस्करीलाई जोडेर पर्सा प्रहरी
काम गर्ने शिलसिलामा गल्ती हुन्छ नै, गल्ती नियतवस भएको हो की भुलवस हो, यसको खोजी हुनु पर्दछ भने त्यसलाई गलत धंगले मेडियाबाजी गरने समुहरु अहिले पर्सा जिल्लामा सक्रिय रहेको छ। पर्साको कमाण्ड सम्हालेर आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले आफूबाट केही त्रुटी भए होलान तर आफूले नियतवस कुनै त्रुटी नगर्ने दावी गर्दै प्रहरी संगठनमा आफूले बनाएको छविलाई कसैले विगार्न खोजेर नविग्रिने चेतावनी समेत दिनुभयो ।
आफू बीरगंजमा काम गर्न आएको र वीरगंजवासीले अनुभूति गर्ने काम गरेर छाडने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न आवरणमा हुने अपराधलाई आफूले बुझि सकेको र त्यस्ता अपराधमा संलग्न व्यक्तिहरुको पहिचान समेत भई सकेको पर्सा प्रहरी उपरीक्षक पन्तले बताउनु भयो ।
विभागले खटाएको काम निडरताका साथ गर्ने र साहशी महिला अधिकृतको रुपमा गंगा पन्तलाई प्रहरी संगठनमा चिन्ने गरिन्छ । पन्तले वीरगंजलाई सुधार्न अपराध तथा तस्करी नियन्त्रण गर्न भयमुक्त समाज निर्माण गरी तस्करी, हुण्डी लगायतका आर्थिक अपराध निस्तेज गर्ने अभियानमा जुटेपछि अहिले अपराधमा कमाउन र भविष्य खोज्नेहरु पन्तको अनर्गल प्रचारमा लाग्नुका साथै पर्सा प्रहरीको बदनाम गर्न विभिन्न हथकण्डा अपनाउन थालेका छन् । पर्सा प्रहरीको उपरीक्षक पन्तले आएपछि अपराधीक गतिविधि र शान्ति सुरक्षाको निकै प्रशंसा भईरहेको स्थानियहरुले बताउ छन्।