अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, असार २८ गते ।
गण्डकी प्रदेशमा थप १५ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ जिल्लामा कोरोनाका १५ संक्रमित थपिएका हुन् ।

आइतबार थपिएका संक्रमितमध्ये तनहूँमा ६, पर्वत र बालुङमा २, २ जना, नवलपुर, स्याङ र गोरखामा १, १ जना । यसैगरि लमजुङमा २ जना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रति संख्या ११९२ पुगेको छ ।