अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १४ गते
गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक मंगलबार साँझ जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा स्याङ्जाका २५ जना तथा बाग्लुङका ६ जना छन् ।

संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १४३० पुगेको छ ।