अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ३२ गते
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको ब्रिफिङका क्रममा थप दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पर्साका एक जना पुरुष र मोरङकी एक जना महिलाको ज्यान गएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ पुरुष र २३ महिला रहेका छन् ।