अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ८ गते
गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक प्रेश विज्ञप्ती प्रकाशित गरि संक्रमित थपिएको जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुर बिनायत्रिबेणी-१ कि ६ वर्षीय बालिकासहित थप ८ जनामा सक्रमण पुष्टि भएको हो । बिनायत्रिबेणी-१ कै २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सोमबार बिहान प्रदेशको तनहुँ ब्यास – ५ का २६ वर्षीय पुरुष तथा शुक्लागण्डकी – ४ का २८ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका – २ का २० र २२ वर्षका २ पुरुष, म्याग्दीको बेनीका – २० वर्षीय पुरुष र स्याङजा पुतलीबजारका एक ३७ वर्षीय पुरुषमा समेत कोरोना देखिएको हो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८८ पुगेको छ भने निको हुनेको संख्या १६१२ पुगेको छ ।