कास्कीमा ठुलो मात्रामा गाँजासहित २ युवक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १५ गते

कास्कीमा ठुलो मात्रामा गाँजासहित २ युवक पक्राउ परेको छ ।

आइतबार राति सवारी चेकजाँचका क्रममा ६ केजी गाँजा र तौल गर्ने मेसिनसहित पोखरा-३३ भरतपोखरीबाट २ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

लागूऔषधसहित मोटरसाइकलमा सवार रहेको अवस्थामा तनहुँ शुक्लागण्डी १२ घर भई पोखरा १७ बिरौटा बस्ने २३ वर्षीय संजोग बिक र बिरौटा कै २० वर्षीय शिलास बिक आइतबार राति ८ :३० बजे पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *