अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १६ गते
गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा लमजुङको बेसीसहरका १४ दिनका नाबालकसहित २६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले गण्डकीले जानकारी दिएको हो । नवलपुरका १० जना, बाग्लुंग का १ जना र कास्कीका २ जना गरि ३९ जनामा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले गण्डकीले जानकारी दिएको हो ।।

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एकजना, ग्लोबल आई.यम.ई. मा कार्यरत पाचजना, नेपाल प्रहरीमा कार्यरत चारजना र बेसीसहर-७ का २८ बर्षीय एकजना महिला पत्रकार हुनुहुन्छ |
सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ | यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ०५ पुगेको छ ।