अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १६ गते
नेपालमा आज थप ११ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक जना बालिका सहित १० जना पुरुष गरि ११ जनाको ज्यान गएको जानकारी दिए ।
उनका अनुसार महोत्तरीमा ४ बर्सिय बालिकाको मृत्यु भएको छ ।
महोत्तरीका एक ३७ बर्सिय पुरुष, सिरहाका ६५ बर्सिय पुरुष, पर्साका तिन जना ५३, ८० र ६० बर्सिय, बाराको ६० बर्सिय, चितवनको ५२ बर्सिय, काठमाडौँको ७० र ३५ मकवानपुरको ५८ बर्सिय पुरुष गरि १० जना पुरुषको ज्यान गएको छ ।