गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १८ गते

गण्डकी प्रदेशमा बिहीबार दिउसो  थपिए ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेमा  कास्कीका २९ जना र तनहुका २ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *