अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १९ गते
आज गण्डकी प्रदेशमा ४० जना नयाँ कोरोना सङ्क्रमति थपिएका छन् ।

हालसम्म गण्डकीमा सङ्क्रमित २३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
आज थपिएका मध्ये पोखराबाट १६ जना तनहुँबाट दुई जना, लमजुङबाट तीन जना, स्याङ्जा र बाग्लुङबाट एक/एक जना तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।