अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १९ गते
नेपालमा आज थप १४ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला सहित १० जना पुरुष गरि १४ जनाको ज्यान गएको जानकारी दिए ।
उनका काठमाडौँका ८२,६७ र २२ बर्सिय तिन जना महिला र चितवनकि बर्सिय महिला चितवनको ३५ बर्सिय एक महिला गरि चार जनाको मृत्यु भएको छ ।
सप्तरीका ५५ र ५५ दुई जना पुरुष बर्सिय, धनुषाको ६५ बर्सिय एक पुरुष, कास्कीको ३१ बर्सिय एक पुरुष, नबलपरासीको ३७ बर्सिय, प्युठानको ५८ बर्सिय एक पुरुष, रुपन्देहीको ७८ बर्सिय एक पुरुष, पाल्पाको ६३ बर्सिय एक पुरुष र सुर्खेतको ४२ बर्सिय एक पुरुष गरि १० जना पुरुषको ज्यान गएको छ ।