करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, भदौ २७ गते

चितवनमा दुई सैनिकको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ।

कालिका नगरपालिका–८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायब उपरीक्षक ) सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो ।

प्रवक्ता थापाका अनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। 

दुवै जना सैनिक गोरखाका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *