१ सय ४ किलो गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ६ गते

मकवानपुरमा  १ सय ४ केजी लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन। आज बिहान अन्दाजी  ४ बजेको समयमा  प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको कमाण्ड खटिएको प्रहरी टोलीले सूचनाको आधारमा  मनहरी गाउँपालिका- ६ स्थित लोथर खोलाको बगरबाट १ सय ४ केजी गाँजासहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-९का २६ वर्षीय कपिल भन्ने रूप खड्का ठकुरी, ३० वर्षीय टलक बहादुर घलान र २७ वर्षीय मदन कोइराला छन्।

उनिहरुले भारी बनाइ बोकेर लैजाँदै गरेको   प्लास्टिकको बोरा चेकजाँच गर्दा उक्त परिणामको लागुऔषध गाँजा फेला परेको डिएसपीले बताएका छन्। उनिहरु माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *