अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असोज १२ गते
धनगढीबाट एक लाख ३४ हजार बढीको भन्सार छलीको कपडा सहितका सामान प्रहरीले बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षकले बच्चाको रेडिमेड कपडा, थान कपडा र लेडिज फराक, सुट गरेर एक लाख ३४ हजार मूल्य बराबरको सामान बरामद गरी आजवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जानकारी दिए।