अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १३ गते
भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई कञ्चनपुरको कृष्णपुरबाट पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्वर १ बस्ने २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँका २५ वर्षीय कमल थापालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षकले घरमा भरुवा बन्दुक देखाई डरत्रास एवं आतङ्क सिर्जना गरेको भन्ने बिशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
थापाको गोठभित्र लुकाइराखेको अवस्थामा एक थान लोड गरेको भरुवा बरामद गरिएको प्रहरी नायव उपरीक्षकले बताए।