पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २१ गते

पोखरामा  कोरोना संक्रमणबाट एक ३० दिने बालकसहित थप ४ जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरका ३  जना  तथा  पोखरामा उपचाररत बागलुङका १ जना गरि  थप ४ जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराका एक  २९ दिनका कोरोना संक्रमित नाबालकको शुक्रबार मृत्यु भएको छ ।  ४ दिन अघि कोरोना पुष्टि भएका बालकको आज  बिहान १२ : १५ मा उपचार कै क्रममा निधन भएको  प्रतिष्ठानका  वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले  जानकारी दिनुभयो ।

त्यसै गरि पोखरा १० का ५७ वर्षीय पुरुषको बिहीबार राति  ११ : ३० बजे पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरा १७ का ७५ वर्षीय पुरुषको शुक्रबार  बिहान ९ : ०० बजे  गण्डकी मेडिकल कलेज पोखरामा र बागलुङ जैमिनी ९ का २९ वर्षीय पुरुषको बिहीबार राति  ८ : ५० बजे पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको  स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *