विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २३ गते।

आज नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो ।  नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ । 

मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न  स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो । 

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *