कतारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज कार उपहार स्वरुप प्रदान गर्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २४ गते।

कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ ।

बुधबार नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई ३ वटै कारसहित चावी प्रदान गर्नु भएको छ ।

उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । कारको साँचो लिँदै उनले भने- ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *