पोखरामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २८ गते।

पोखरामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–२ का ६० वर्षीय पुरुषको आइतबार बिहान ९.३० बजे मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माका अनुसार यही मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको हो ।

उहाँमा मृर्गौला र निमोनियाको समस्या रहेको बताइएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *