अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ११ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ५७ हजार ७००पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ४९ हजार १३२जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१९ जनाको मृत्यु दर्ता गरिएको छ ।