चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाएपछि १७ जना युवा प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १५ गते।

नेपालको चार दिने भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली स्वदेश फर्किएकै दिन युवाहरुले चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका थिए ।

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाएपछि  प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

बालुवाटारस्थित दूतावासअगाडि विरोध प्रदर्शनमा उत्रिएका १७ जनालाई नियन्त्रणमा लिएर मालीगाउँमा राखिएको शिजर भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *