धनगढी विमानस्थल फेरी माघ १० गते सम्म आशिंक बन्द रहने

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष २० गते।

धनगढी विमानस्थल फेरी माघ १० गते सम्म आशिंक बन्द रहने भएको छ। दोश्रो पटक पुस २१ गते सम्मका लागि विमानस्थल आशिंक बन्द गरिएकोमा फेरी तेश्रो पटक समय बढाउँदै माघ १० गते सम्म आशिंक बन्द रहने भएको हो। पुस १ गतेदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै २१ गते सम्मको लागि आशिंक बन्द गरिएको थियो।अहिले चिसो बढेकोले काम गर्न नससिएको भन्दै फेरी माघ १० गते सम्मका लागि विमानस्थल आशिंक बन्द गर्ने निर्णय भएको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले मर्मत सम्भार र स्तरबृद्धिको काम जारी रहेपनि चिसोका कारण अपेक्षाकृत रुपमा काम गर्न नसकिएकोले माघ १० गते विहान सम्मका लागि विमानस्थल आशिंक बन्द रहने बताए। उनले चिसोका कारण रातीको समयमा समेत काम गर्न सकिने अवस्था नरेकोले अन्तिम पटकका लागि विमानस्थल आशिंक बन्द गर्ने निर्णय भएको बताए। विमानस्थल दिउसो ३ बजे सम्म मात्रै सञ्चालन हुने उनले बताए। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *