सर्लाहीको लालबन्दीमा भारतीय मोटरसाईकलको ठक्करबाट आज बिहान एक बालक गम्भिर घाईते

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदादाता,फागुन २ गते।

सर्लाहीको लालबन्दीमा भारतीय मोटरसाईकलको ठक्करबाट आज  बिहान एक बालक गम्भिर घाईते भएका छन् ।लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी विनोद चौधरीको छोरा ७ वर्षीय आयुस चौधरी गम्भिर घाईते भएका हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय बीआर ३० एम ७००३ नम्बरको मोटरसाईकलले विणा चलचित्र हल छेउमा पूर्व–पश्चिम राजमार्ग काट्ने क्रममा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।लालबन्दी मोडेल अस्पतालमा प्रारम्भिक उपचार पश्चात बालकलाई थप उपचारका लागि जनकपुर स्थित मिहिलाल सिटी हस्पिटल पठाईएको प्रहरीले जनाएको छ। मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका–९ निवासी २१ वर्षीय नागेन्द्र साहलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *