बिद्युतीय उपकरण चोरी गर्ने एक जना मंगलबार साँझ पक्राउ

अनलाईन न्युजपाटी,राजविराज,समाचारदादाता,फागुन ६ गते।

बिद्युतीय उपकरण चोरी गर्ने एक जनालाई स्थानियहरुले मंगलबार साँझ पक्राउ गरेका छन् । राजविराज नगरपालिका वडा नं. ८ स्थित ओम शन्ति अगाडी दुई जनाको घरमा बिद्युत मिटरको एमसीबि बन्द गरि घरमा छिरेर बिद्युत उपकरण चोरी गर्ने राजविराज नगरपालिका ११ झल्हीका शिबु कुमार मण्डललाई स्थानियले पक्राउ गरि  प्रहरीमा बुझाएका छन ।  स्थानिय ललिता देवी यादवको घरबाट १ थान मोटर, २-२ बन्डल वाइरिङ र केवलको तार चोरी गरेको स्थानिय आदित्य अजयले जानकारी दिएका छन । त्यस्तै चोरले सोही ठाउँका बुधसेन यादवको ३ वटा मोटर, बिद्युतको एमसीबि र तारहरु चोरी गरेर लगिरहेको अवस्थामा स्थानियबासीले पक्राउ गरेको हो । यता पक्राउ परेका चोरलाई अनुसन्धानको लागि प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *