तिनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ५ गते।

चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं.१ घर हुने वर्ष २४ को सञ्जय  घर्ती मगर, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ९ घर हुने वर्ष १९ को पासाङ तामाङ, रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २ घर हुने वर्ष १९ को कपिल खडका रहेका छन् ।महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले  तिनथानास्थित गस्ती गर्ने क्रममा वर्ष १७ की एक बालिकालाई  अपरिचित ३ जना व्यक्तिहरूले  जबर्जस्ती करणी गरेको सूचनाको आधारमा प्रहरी  टोलीले उक्त घटनामा संलग्न  व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएको बताए ।प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ३ जनाले बालिकालाई सडक किनारामा पार्किङ्ग गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगेर जबर्जस्ति करणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *