सिरहामा टयाक्टर मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते, एकको अवस्था गम्भीर

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,चैत ५ गते।

सिरहाको बरियारपट्टीमा टयाक्टर मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते एकको अवस्था गम्भीर रहेको छ ।बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ डिहवार मन्दिर स्थित दक्षिण बाट उत्तर दिशामा जान लागेको स १ त ७२९० नम्बरको टयाक्टर र उत्तर बाट दक्षिण दिशामा डिएल ९ एस बिडि ०९६२ नम्बरको भारतिय स्कुटीलाई बिआर ३२ एफ ४३३७ नम्बरको मोटरसाइकलले ओभरटोक गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना घाइते भएको छ।घाइते बरियारपट्टी गाउँपालिका वडा नम्बर २ सिरिपुर वर्ष अन्दाजी १५ को सुरेश राय र सोही ठाउँको अन्दाजी १७ को मनोज राय रहेको छ। निज घाइतेहरूको उपचार बिराटनगरको न्युरो अस्पतालमा भईरहेको छ। तीन ओटै गाडि र टयाक्टर चालक वर्ष ३० को सदा ईलाका प्रहरी कार्यालय बरियारपट्टीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी उमा चतुरवेदी बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *