भेटिएका १२ जना संक्रमित विराटनगरको कोरोना अस्पतालमा भर्ना बाँकी ४ क्वारेन्टाइन

अनलाईन न्युजपाटी विराटनगर,समाचारदाता, बैशाख ०६ गते।

हिजो बेलुकी उदयपुरको एउटै मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विषेश अस्पतालमा राखिएको छ ।

शुक्रबार संक्रमण देखिएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विषेश अस्पतालमा राखिएको हो । संक्रमित नेपाली मोरङको रहेको बताइएको छ । उनीहरूलाई साढे १२ बजे राति भर्ना गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले जानकारी दिएकी हुन्।

अस्पतालले संक्रमित भएकालाई मात्र भर्ना गर्नुपर्ने भनेपछि बाँकी चारजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ। उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर उदयपुरको स्थानीय प्रशासनले १६ जनालाई नै विराटनगर पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *