अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ४ गते
आइतबार साझं थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला ३४ बर्सिय महिला रहेकी खुलेको छ।
बाँकी दुईजना संक्रमित भने विराटनगरका २९ बर्सिय महिला र ३६ बर्सिय पुरुष हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का हुन्।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। जसमा दुईजनाको मृत्यु भएको छ।