देशका धेरै स्थानहरुमा भारी वर्षाको संभावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १० गते।

बुधबार देशका धेरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

 ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *