अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ११ गते।
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।