अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १२ गते
राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ जारी गरेकी छिन् ।

एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीको व्यवस्थासहित सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हन् ।
संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएको राष्ट्रपति कार्यालय प्रवक्ता दाहालले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि थप सजायको व्यवस्था अध्यादेशमा गरेको छ । एसिड आक्रमण गर्नेलाई बढीमा २० वर्ष कैद र १० लाख रुपियाँसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ ।