नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १६ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताए । सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्दै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *