विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैया असुली गर्ने ६ अभियुक्त जेल चलान

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, असोज १६ गते

विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैया असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक रायको समूहलाई हतियार विक्री गर्ने विद्यार्थी नेता अबिसेक रायसहित ६ जना अभियुक्तहरू पुर्पक्षको लागि थुनामा गएका छन् ।

मोरङ अदालतको न्यायाधीश राजकुमार कोइरालाको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न बिहीबार आदेश दिएका हुन् । विराटनगरमा संगठित रूपमा अपराधको संजाल विस्तार गरेका अभियुक्तहरू विरुद्ध सरकारी वकिलको कार्यालयले छुटा छुट्टै चार वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको थियो ।

बिहीबार भएको थुनछेक बहसपछि गिरोहका मुख्य नाईके मोरङ कटहरी गाउँपालिका २ का २६ वर्षिय अभिषेक राय, २६ वर्षिय नन्दु भन्ने चन्दकिशोर साह, भारती सितामडी ग्राम पञ्चायत घर भइ विराटनगर ८ मा बस्दै आएका २७ वर्षिय राजु साह, कटहरी २ का २७ वर्षि एलेक्स भन्ने रबिन शर्मा, विराटनगर १२ का २६ वर्षिय विकास महतो पुर्पक्षको लागि थुनामा राख्न आदेश भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरू विरूद्ध डाँका, हातहतियार खरखजना,अपराधिक लाभ लिन खोजिएको उद्योग र अपराधिक लाभ लिएको मुद्दा अदालतमा दर्ता भएको थियो ।

विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गरेको गरोहका समूहलाई पेस्तोल विक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी महतोले ३५ हजार रुपैयाँ मुनाफा राखि १ लाख रूपैमा पेस्तोल विक्री गरेको खुलेको छ । विराटनगरमा संगठित अपराधको सञ्जाल विस्तार गरेका गिरोहका मुख्य नाइके अभिशेष रायको समूहलाई महतोले ६५ हजारमा भारतको फारबिजगन्जमा पेस्तोल खरिद गरेर १ लाख रुपैयामा विक्री गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *